१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते



अ+ अ-

फिक्कल । पयटन प्रवर्द्धन गर्ने उद्देश्यले आज इलाममा आयोजित ‘रेडपाण्डा म्याराथन’को उपाधि पुरुषतर्फ गजेन्द्र राई र महिलातर्फ निर्मला राईले जितेका छन् ।

इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको निर्धारित ४४.२ किलोमिटर दूरी गजेन्द्र राईले ४ घण्टा १२ मिनेट १० सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसँगै नगद रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । महिलातर्फकी निर्मला राईले पाँच घण्टा २० मिनेट ३६ सेकेण्डमा दौड पूरा गरिन् । उनले उपाधिसँगै नगद रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरिन् ।

चार घण्टा १३ मिनेट ५९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पुरुषतर्फ करण रावल दोस्रो भए । उनले नगद रु एक लाख पुरस्कार प्राप्त गरे । तेस्रो स्थान प्राप्त कर्णबहादुर रोक्काले चार घण्टा १९ मिनेट ३८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नगद रु ५० हजार प्राप्त गरे भने चौथो स्थान प्राप्त गरी श्रीकास राईले नगद रु ३० हजार पुरस्कार प्राप्त गरे ।

विजेता सबै विभागीय टिम त्रिभुवन आर्मी क्लबको भएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए । सुनसरी रोकायले पाँच घण्टा ४० मिनेट ३९ सेकेण्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ दोस्रो भइन् । उनले पनि नगद रु १ लाख पुरस्कार प्राप्त गरिन् ।

तेस्रो स्थान प्राप्त गर्दै कल्पना बुढाले नगद रु ५० हजार र चौथो स्थान प्राप्त गरी राज्यलक्ष्मी शाक्यले नगद रु ३० पुरस्कार प्राप्त गरिन् ।

त्यसैगरी स्थानीय विधातर्फको उपाधि राजेन्द्र म्याङ्बो जितेका छन् । उनले नगद रु २५ हजार पुरस्कार प्राप्त गरे । विशाल राई दोस्रो भए । उनले नगद रु २० हजार, तेस्रो स्थान प्राप्त रमेश लिम्बूले नगद रु १० हजार र चौथो स्थान प्राप्त टङ्क आले मगरले नगद रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

म्याराथनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतकासमेत गरी पुरुषतर्फ ६२ जना र महिलातर्फ ११ जना धावकहरु सहभागी थिए । धावकहरुले इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुरडाँडा (३६१० मिटर उचाइ)सम्म दौडेका थिए ।

रेडपाण्डा नेटवर्क, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको सहयोगमा दीपज्योति युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो । लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको म्याराथनले सन्दकपुर गाउँपालिकाको मात्र नभइ समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयो ।