२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब



अ+ अ-

काठमाडौँ ।  धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८२ कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड कायम भएको हो ।

यो अघिल्लो वर्षको तुलनामा कम हो । बजारमा देखिएको उत्तारचढावले पुँजीकरणमा समेत असर पारेको हो । गत वर्षको कात्तिक मसान्तमा बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रहेको थियो । ०८१ कात्तिक मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७६.६७ प्रतिशत रहेकोमा गत कात्तिक मसान्तमा ६९.८५ प्रतिशत रहेको छ ।

चालु आ.व.को कात्तिकमसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत कम्पनीहरूको संख्या २८३ पुगेको छ । सूचिकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । गत वर्षको कार्तिकमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटलको हिस्सा २.९ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.६ प्रतिशत रहेको छ ।

राष्ट्र बैंककाअनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा गत कार्तिक मसान्तमा सूचिकृत ९ अर्ब २ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ८९ अर्ब ५३ करोड रहेको छ । यस्तै आर्थिक वर्ष २०८२/८३ को चार महिनामा १९ डिबेन्चर, २ अर्ब ४० करोड बराबरको बोनस सेयर अर्ब २ करोड बराबरको साधारण शेयर, ५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, ५ अर्ब बराबरको म्युचुअल फण्ड, ३ अर्ब ४० करोड बराबरको र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल ३६ अर्ब १६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्व ४३ करोड बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ३७ करोड बराबरको साधारण शेयर गरी कुल १६ अर्ब ५७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।