३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै

पुँजीगत खर्च बढाउन मन्त्रालयहरूलाई नै रकमान्तरको अधिकार, कार्यप्रणालीमा व्यापक सुधार गरिँदै
अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले नीतिगत र प्रक्रियागत सुधार सुरु गरेको बताउनुभएको छ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ८० देखि १०० प्रतिशतसम्म पुर्‍याउने लक्ष्यका साथ सरकार अघि बढेको जानकारी दिनुभयो।

अर्थमन्त्री वाग्लेले यस वर्ष पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसक्नुमा विगतमा १ सय १८ अर्ब रुपैयाँ बराबरका ठेक्का रोकिएको, निर्माण क्षेत्रले भोगेका चुनौती तथा प्रक्रियागत ढिलाइ मुख्य कारण रहेको उल्लेख गर्नुभयो। ती कारणले पुँजीगत खर्च करिब ५० प्रतिशतमा सीमित भएको उहाँको भनाइ थियो।

खर्चको गति बढाउन सरकारले तीन प्रमुख सुधार लागू गरेको उहाँले बताउनुभयो। पहिलो, सम्बन्धित मन्त्रालयले नै छिटो रकमान्तर गर्न सक्ने व्यवस्था गरिएको छ। दोस्रो, सार्वजनिक खरिद ऐन संशोधनमार्फत ठेक्का प्रक्रिया छरितो र प्रभावकारी बनाइएको छ। तेस्रो, मध्यमकालीन खर्च खाका (एमटीईएफ) अनुसार तीन वर्षको स्रोत सुनिश्चित गरी ठूला आयोजनाको ठेक्का एकैपटक गर्न सकिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

अर्थमन्त्री वाग्लेले सरकारले चालु आर्थिक वर्षका लागि १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको बताउँदै करदातालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन कार्यक्रम’ अन्तर्गत आकर्षक पुरस्कारको घोषणा गरिने जानकारी दिनुभयो। बिलिङ संस्कृतिको प्रवर्द्धन, प्रविधिको प्रयोग तथा अर्थतन्त्रको औपचारिकीकरणमार्फत राजस्वको दायरा विस्तार गरिने उहाँको भनाइ थियो।

विद्युत क्षेत्रमा लगाइएको भ्याट तथा कर व्यवस्थाबारे स्पष्ट पार्दै उहाँले त्यसको उद्देश्य उपभोक्तामाथि अतिरिक्त भार थप्नु नभई क्षेत्रलाई औपचारिक प्रणालीमा ल्याई लेखा तथा कर प्रणालीलाई व्यवस्थित बनाउनु रहेको बताउनुभयो। आवश्यक परे मूल्य समायोजन वा न्यूनतम सीमा निर्धारण गरी उपभोक्तालाई थप भार नपर्ने व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो।

भन्सार तथा विमानस्थलका स्क्यानरलगायतका उपकरण खरिदमा कर्मचारीहरू कानुनी झमेलाको डरले निर्णय लिन हच्किने अवस्था रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले असल नियतले काम गर्ने कर्मचारीलाई संरक्षण गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। आधुनिक प्रविधिको प्रयोगमार्फत भन्सार तथा राजस्व प्रशासनलाई थप सुदृढ बनाइने उहाँको भनाइ थियो।

बैठकमा उहाँले प्रधानमन्त्रीको नाममा सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाप्रति सजग रहन आग्रह गर्दै आधिकारिक तथा ‘ब्लु टिक’ भएका सामाजिक सञ्जाल ह्यान्डलबाट सार्वजनिक हुने जानकारीलाई मात्रै विश्वास गर्न सबैलाई अनुरोध गर्नुभयो।