१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काष्ठमण्डप क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । काष्ठमण्डप दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । काष्ठमण्डपले युनाइटेडलाई १०–१ को फराकिलो गोलअन्तरले पराजित गर्यो । काष्ठमण्डपका रिवाज गुरुङले शानदार प्रदर्शन गर्दै ८ गोल गरे । बाँकी दुई गोल प्रभात लिम्बूले थपे । युनाइटेडका प्रनन् थिङले सान्त्वना गोल फर्काए । युनाइटेडकै प्रयत्न थापा ‘म्यान अफ द म्याच’ घोषित भए ।

लोयल्टी एकेडेमीद्वारा आयोजित प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) र टीआईए पनि क्वाटरफाइनलमा पुगे । एलएले विद्या संस्कारलाई ५–० गोलले हरायो । एलएका दिवस घर्ती मगर र आयुश ऐरले समान २ तथा प्रनन् तुलाधरले १ गोल गरे । विद्या संस्कारका शुलभ कार्की ‘म्यान अफ द म्याच’ चुनिए । टीआईएले आयोजक लोयल्टी ‘ए’ लाई ४–१ गोलले पाखा लगायो ।

टीआईएका किजय भण्डारीले २ तथा सक्षम डंगोल र प्रभात गोदारले १–१ गोल गरे । लोयल्टी ‘ए’ का अर्विन्द सुवेदी ‘म्यान अफ द म्याच’ बने । प्रतियोगिताअन्तर्गत शुक्रबार हिमालयन र आयोजक लोयल्टी ‘बी’ तथा टाइमलाइन र शिशु मिलनबीच खेल हुने छ ।