१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोयलको विजयी सुरुआत



अ+ अ-

आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । ललितपुरको सानागाउँस्थित आयोजक रोयलको कोर्टमा रोयलले बापेकलाई ७१–६१ ले पराजित गर्यो । रोयलका निश्चल महर्जनले २२ स्कोर गरे । निश्चल नै ‘म्यान अफ द म्याच’ बने । त्यसवापत निश्चलले फ्रेस बाइट्सबाट गिफ्ट भौचर प्राप्त गरे ।

पहिलो क्वाटरमा १८–१४ को अग्रता लिएको रोयल दोश्रोमा २०–२४ ले पछि प¥यो । रोयलले तेश्रोमा १९–१२ र चौथोमा १४–११ को अग्रता लिएको थियो । प्रतियोगिताको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले संयुक्त उद्घाटन गरे ।

विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद प्रदान गरिने छ । प्रतियोगितामा १० टिम सहभागी छन् । सहभागी टिमहरुमा आयोजक रोयलसहित जेभियर इन्टरनेसनल, टाइम्स, हिमालयन ह्वाइटहाउस, साइपाल एकेडेमी, गोल्डेनगेट, बापेक, कास्की, बूढानीलकण्ठ र सोलो बास्केटबल रहेका छन् ।