२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन



अ+ अ-

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले बन्दसत्र सुरु भएसँगै सार्वजनिक गरेको कार्यतालिकामा समय हेरफेर गरिएको हो।

केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार संशोधित कार्यतालिकाअनुसार आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय तोकिएको छ।

यसअघि प्रकाशित कार्यतालिकामा दरखास्त दर्ताको समय साढे १० बजेदेखि साढे १ बजेसम्म निर्धारण गरिएको थियो।

संशोधित तालिकाअनुसार दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। त्यसपछि साँझ ५ बजे उजुरीमाथि छानबिन र निर्णय हुने जनाइएको छ। उम्मेदवारको नाम फिर्ता गर्ने समय आजै साँझ ५ बजेदेखि ६ बजेसम्म तोकिएको छ।

उम्मेदवारको अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशन गरिनेछ। आयोगका अनुसार मतदान भने भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।