२३ जेष्ठ २०८३, शनिबार
,
Latest
यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीमा जानुपर्नेमा जोड दिनुभएको छ ।

भृकुटीमण्डपमा आजदेखि सुरु भएको पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा सामूहिक नेतृत्व प्रणाली सुदृढ गर्न आवश्यक रहेको र विधि तथा पद्धतिबाट पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टी जीवनको लोकतान्त्रिक अवधारणा व्यवहारत कार्यन्वयन हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले अनुभव र कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । उहाँले पार्टीले सरकारको नेतृत्व गरिरहँदा जेनजी आन्दोलन हुँदा कमी कमजोरीको समीक्षा गर्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रस्तुत गर्नुभएको अवधारणा पत्र प्रतिनिधिहरुलाई बन्द सत्रमा विवरण गरिएको थियो ।

वामपन्थी विचार बोक्नेसँग एकताको पक्षमा वरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । पार्टी जीवनमा लोकतन्त्र कमजोर हुने हो भने पार्टी कमजोर हुने उहाँको भनाइ थियो ।

यही मङ्सिर २७ गतेदेखि सुरु भएको एमालेको ११औँ महाविधेशनअन्तर्गत आजदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।  रासस