६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा



अ+ अ-

चितवन। नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

भरतपुर महानगरपालिका–१३ उज्वलनगरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाकको स्वीटर वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको थियो । उपशाखाकी सभापति कृपा राजभण्डारीको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका विद्यार्थीहरुलाई जाडोका कारण विद्यालय छोड्ने वातावरण नबनोस् भनेर न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो ।

जिल्ला शाखाका सभापति पौडेल, वडा सदस्य विना दवाडी, विद्यालयकी प्राध्यानाध्यापक रिपा दवाडीलगायतले जाडो समयमा विद्यार्थीहरुले विद्यालय छाड्ने गरेको बताउनुभयो । रासस