२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी



अ+ अ-

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा राष्ट्रिय टोलीका खेलाडीले भरिपूर्ण एपिएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

एपिएफका लागि रस्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । उनले खेलको ५२औँ मिनेटमा रेनुका नगरकोटिको पासमा गोल गरेकी हुन् । जितसँगै एपिएफले तीन खेलबाट सात अङ्क बटुलेको छ ।

एपिएफले पहिलो खेलमा बङ्गलादेशको नासरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलअन्तरले हराएको थियो ।

त्यस्तै दोस्रो खेलमा एपिएफले भुटानी क्लब ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

अब नेपालले भारतको इस्ट बङ्गालसँग आगामी पुस २ गते खेल्नेछ ।