११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव

व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव
अ अ+ अ-

काठमाडौं । सम्माननीय सभामुख डीपी अर्यालले व्यवसायीक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिनुभएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नाट्टा व्यवसायीक संस्था भएकाले यसलाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताउनुभयो ।

“यो व्यवसायीक संस्था हो, यसमा राजनीति नगरौ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवद्र्धन र व्यवसायीक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,” उहाँले भन्नुभयो ।

सभामुख अर्यालले पर्यटकका लागि सबैभन्दा महत्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । त्यसपछि मानिसको व्यवहार, सेवा र सुविधाले पर्यटकलाई आकर्षित गर्ने उहाँको भनाइ थियो । उहाँले पर्यटन क्षेत्रमा आवश्यक सुधारका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गर्नुभयो ।

सभामुख अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने बताउनुभयो । अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव थियो ।

पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमा पर्याप्त बहस र छलफल आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले आगामी ५० वर्षलाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई समेत आकर्षित गर्ने र प्रवेश गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।
सभामुख अर्यालले नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको बताउनुभयो । “नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,” उहाँले भन्नुभयो । विश्वका विभिन्न एयरलाइन्स कम्पनीहरू नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै व्यक्तिगत लाभको सोचभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले यसका लागि पर्यटन व्यवसायीहरूको समेत सहयोग र सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।

यस्तै, सभामुख अर्यालले नेपाली र विदेशी पर्यटकबीच सेवाका क्रममा विभेद गर्न नहुनेमा पनि जोड दिनुभयो । “होटलमा नेपाली पर्यटक आएर बसिदिऊन्, धेरै खर्च गरून् भन्ने चाहना राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,” उहाँले भन्नुभयो । हवाई टिकटको मूल्य देखि होटल तथा अन्य पर्यटन सेवामा समान व्यवहार हुनुपर्ने उहाँको भनाइ थियो ।

सभामुख अर्यालले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई अझ बलियो, व्यवस्थित र सुविधा सम्पन्न बनाउनुपर्ने बताउनुभयो । नाथमसम्बन्धी नयाँ कानुन निर्माणको बहस चलिरहेको सन्दर्भमा पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने गरी संस्थालाई थप सुदृढ बनाउनुपर्ने उहाँको सुझाव थियो । यस्तै सभामुख अर्यालले भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालन तथा उपयोगका विषयमा समेत गम्भीर बहस आवश्यक रहेको बताउनु भयो ।

सभामुख अर्यालले पछिल्लो निर्वाचनमा जनताले इतिहासमै पहिलोपटक ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै अब सरकार असफल हुने छुट नरहेको बताउनुभयो । “मुलुक समृद्ध हुनैपर्छ । सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,” उहाँले भन्नुभयो ।