२० भाद्र २०८३, शनिबार
,
Latest
शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु



अ+ अ-

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान ८ः१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका थिए। घटनापछि स्थानीय तथा सुरक्षाकर्मीले खोजी कार्य थालेका थिए।

खोजीका क्रममा बिहान ११ः३० बजे तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सुनछहरी गाउँपालिका–२ का ७७ वर्षीय वीरु घर्ती मगर, ६८ वर्षीया सनी घर्ती मगर र ७० वर्षीया लली घर्ती मगर रहेका छन्।

पहिरोमा परी घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।