१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासका निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

सभामुखले पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै नाट्टाजस्ता व्यावसायिक सङ्गठनले पर्यटन उद्योगको विकासमा सक्दो योगदान गर्नुपर्छ भन्नुभयो ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्ड देशको आर्थिक उन्नयनको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रको विकासमा इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।