१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: बायर्नसँग चेल्सी स्तब्ध



अ+ अ-

लन्डन । सर्ज जनार्बीले बायर्न म्युनिखलाई युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको संघारमा पुर्याएका छन् । उनको दुई गोलको मद्दतले बायर्नले स्टायनफोर्ड ब्रिजमा भएको अन्तिम १६ पहिलो लेगको खेलमा चेल्सीलाई ३–० ले हरायो । गत सिजन बायर्नले टोटनहमलाई ७–२ ले हराउँदा पनि यी जर्मन खेलाडीले चार गोल गरेका थिए । चेल्सीविरुद्ध जनार्बीले तीन मिनेटको अन्तरमा दुई गोल गरे ।

बायर्नको तेस्रो गोल रोबर्टो लेवनडोस्कीको नाममा रह्यो । खेलको ८३ औं मिनेटमा डिफेन्डर मार्कोस एलोन्सोले रातो कार्ड खाए र चेल्सी १० खेलाडीमा सीमित रहेको थियो । अब दोस्रो लेगको खेल मार्च १८ मा म्युनिखमा हुनेछ र त्यसमा फर्कन चेल्सीले चमत्कारी प्रदर्शन गर्नु पर्नेछ । पूर्व आर्सनल खेलाडी फेरि एकपल्ट लन्डन भूमिमा नायक सावित भए ।

आर्सनलमा छँदा असफल रहेका जनार्बीलाई ऋणमा वेस्ट ब्रुम समेत पठाइएको थियो । तर बायर्न गएयता यी २४ वर्षीय विन्गरले पुर्नजीवन पाएका छन् । घरमै बेहारेको स्तब्धपूर्ण हारले चेल्सी भने प्रतियोगिताबाट बाहिरिने निश्चित स्थितिमा पुगेको छ ।