६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन



अ+ अ-

मोरङ। विराटनगर महानगरपालिका-९स्थित शिक्षादीप कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले सूचना प्रविधिमा आधारित जीवनउपयोगी रोबर्टहरू निर्माण गरी प्रदर्शन गरेका छन् ।

कलेजद्वारा आयोजित १३ दिने नवप्रवर्तन कार्यशालाको आज अन्तिम दिन विद्यार्थीले विभिन्न एप र बजार व्यवस्थापनसम्बन्धी प्रविधिका आठ वटा ढाँचा गरी प्रस्तुत गरेका हुन् ।

प्राचार्य ज्ञानबहादुर खड्काले टेक्सपायर कलेज, कोड हिमालय र पिसिपीएस कलेज काठमाडौँसँगको सहकार्यमा सूचना प्रविधि (आइटी)को क्षेत्रमा काम गरिरहेको बताउँदै विद्यार्थीको मेहनतले जीवनउपयोगी रोबर्टहरू निर्माण गरी प्रदर्शन गरिएको जानकारी दिनुभयो ।

कलेजका सञ्चालक रामचन्द्र अधिकारीले कार्यशालामा विद्यार्थीले आगन्तुकलाई मिठोे बोलेर, शिर झुकाएर, श्रद्धापूर्वक स्वागत गर्ने रोबर्ट तयार गरी प्रर्दशनी गर्नुका साथै सवारीसाधन सञ्चालनका क्रममा अवरोध आए छलिने, तर्किने र केही समय रोकिएर अघि बढ्न जानकारी दिने रोबर्ट प्रदर्शन गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यशालामा ‘एन्टी बङ्किङ एप’, ‘एआई भ्वाइस’ सहायक, अनुहार पहिचान उपस्थिति ट्रयाकर तयार गरिएको हो ।

वाणिज्य शास्त्र सङ्कायका विद्यार्थीले बजार व्यवस्थापनसम्बन्धी प्रविधिका आठ वटा ढाँचा तयार गरी प्रस्तुत गरेका छन् । यसअन्तर्गत पानी व्यवस्थापन, तरकारी व्यवस्थापन, ट्युटर एप, अनलाइन यातायात बुकिङ, एग्रो कनेक्टलगायत रहेका सञ्चालक अधिकारीले जानकारी दिनुभयो ।

विद्यार्थीहरूलाई कोड हिमालयका आशिष प्रसाईं, पिसिपीएस कलेजकी कृपा श्रेष्ठलगायतले प्रशिक्षण दिनुभएको थियो । कार्यशालामा कम्प्युटर र विज्ञान सङ्कायका ६२० र व्यवस्थापन सङ्कायका १३४ विद्यार्थी सहभागी थिए । रासस