२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पत्रकारिता पुरस्कार बाट चार सञ्चारकर्मीहरु सम्मानित



अ+ अ-

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कार बाट चार सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ । मन्त्रालयले आइतवार राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका बिच युवाको क्षेत्रमा कलम चलाउने चार सञ्चारकर्मीहरुलाई नगद पचास हजार रुपैँया पुरस्कार सहित सम्मान गरेको हो ।

सम्मानित हुनुहुने सञ्चारकर्मीहरुमा सञ्चारिका समूहकी बसन्ती बास्तोला, सुदूरआज डटकमका पूर्णबहादुर खड्का, खबरकुञ्ज डटकमका सिताराम ओझा र नेपाल प्रेस डटकमका केशवबहादुर भुल रहनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सम्मानित सञ्चारकर्मीहरुलाई पुरस्कार राशिको चेक र सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री गहतराजले सम्मानित व्यक्तित्वहरुको समाज र देशप्रतिको दायित्व बढेको बताउनुभयो । राज्यले गरेको सम्मानलाई बचाइराख्ने चुनौती थपिएको भन्दै उहाँले आगामी दिनमा थप युवाहरुको पक्षमा उदाहरणीय काम सञ्चारकर्मीहरुबाट हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारकर्मी केशवबहादुर भुलले मन्त्रालयले दिएको सम्मानबाट आफुहरुलाई थप हौसला मिलेको बताउनुभयो । उहाँले युवाहरुको क्षेत्रमा अझै धेरै लेख्नका लागि चुनौती थपिएको पनि बताउनुभयो । मन्त्रालयलाई सम्मानका लागि सही व्यक्ति छानेको आभाष दिलाउने गरी आगामी दिनमा पनि युवाहरुको क्षेत्रमा लेख्ने उहाँले बताउनुभयो ।

त्यसैगरी मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८ बाट १२ जना युवाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा हिमकुमारी उपाध्याय, धिर्जबहादुर उपरकोटी, मंगल बहादुर विष्ट, सन्तोष बोटे, कुशलचन्द्र अधिकारी र कुसुम केसी रहनुभएको छ । त्यस्तै, सुमित्रा घिमिरे, राजन गौतम, राज कुमारी पौडेल, राजाराम गुरुङ, अशोक शर्मा भट्ट र खिमप्रसाद पन्थी सम्मानित हुनुभएको छ ।