१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीसंग रियल मड्रिड पराजित



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेष्टर सिटीसंग रियल मड्रिड पराजित भएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडलाई म्यान्चेष्टर सिटीले २–१ गोल अन्तरले हराएको हो । खेलमा अग्रता घरेलु टोली रियलले ६० औ मिनेटमा ईस्कोको गोलबाट लिएको थियो । ७८ औ मिनेटमा ग्याब्रियल जिससले खेल बराबरीमा ल्याएका थिए । खेल सकिन ७ मिनेट बाँकी छदाँ केभिन डी ब्रुईनीले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा अघि बढाए ।

८६ औ मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोलीले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । गोलका लागि अघि बढेका जिससलाई लडाएपछि रामोसले रातो कार्ड प्राप्त गरेका थिए । च्याम्पियन्स लिगमा सिटीले रियल मड्रिडलाई पहिलो पटक पराजित गरेको हो । दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ ।

बित्तिय अनुशासन पालना नगरेको भन्दै सिटीलाई युरोपेली फुटबलमा दुई बर्षको प्रतिबन्ध लागेको छ । आफुमाथि गरिएको कारबाहीबिरुद्ध सिटीले कोर्ट अफ आर्बिटेसनमा उजुरी दिएको छ । रियलको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा जित निकाल्दै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफुलाई बलियो बनाएको छ ।