२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित



अ+ अ-

काठमाडौँ। गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन आयोग जोगाउन सफल सशस्त्र प्रहरी बल, नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौँलाई आयोगले सम्मान गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मङ्सिर २४ गते तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं २४ बाघभैरव गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई सम्मान गर्नुभएको हो ।

गत भदौ २४ गते काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीलाई अगाडि बढ्न नदिइ मुख्य गेटमै रोकी सम्झाइबुझाइ गरेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिनुभयो ।

त्यति गर्दासमेत भीड थप आक्रोशित भएपश्चात् उक्त टोलीले सामान्य बल प्रयोग गरी भीडलाई तितरवितर पारेर उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिइ आयोगलाई क्षति हुनबाट जोगाएको थियो ।

निर्वाचन आयोग परिसरमा रहेको र हालै गणमा स्तरोन्नति भएको सशस्त्र प्रहरी बल, नेपाल नं १८ बाघभैरव गणले फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै निर्वाचनसम्बन्धी दल दर्ता, दल दर्ता प्रमाणपत्र वितरणलगायत विभिन्न गतिविधि एवं आयोग परिसरको निरन्तर रूपमा सुरक्षा प्रदान गर्दै आइरहेको छ । रासस