१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित



अ+ अ-

काठमाडौँ। गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन आयोग जोगाउन सफल सशस्त्र प्रहरी बल, नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौँलाई आयोगले सम्मान गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मङ्सिर २४ गते तत्कालीन सशस्त्र प्रहरी बल, नेपाल नं २४ बाघभैरव गुल्म तथा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई सम्मान गर्नुभएको हो ।

गत भदौ २४ गते काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीलाई अगाडि बढ्न नदिइ मुख्य गेटमै रोकी सम्झाइबुझाइ गरेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले जानकारी दिनुभयो ।

त्यति गर्दासमेत भीड थप आक्रोशित भएपश्चात् उक्त टोलीले सामान्य बल प्रयोग गरी भीडलाई तितरवितर पारेर उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिइ आयोगलाई क्षति हुनबाट जोगाएको थियो ।

निर्वाचन आयोग परिसरमा रहेको र हालै गणमा स्तरोन्नति भएको सशस्त्र प्रहरी बल, नेपाल नं १८ बाघभैरव गणले फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई मध्यनजर गर्दै निर्वाचनसम्बन्धी दल दर्ता, दल दर्ता प्रमाणपत्र वितरणलगायत विभिन्न गतिविधि एवं आयोग परिसरको निरन्तर रूपमा सुरक्षा प्रदान गर्दै आइरहेको छ । रासस