जनकपुरधाम । मानव अधिकार दिवसको अवसरमा नेपाल बार एशोसिएशनले जनकपुरधाममा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
मानव अधिकारः सुशासन र न्यायको आधार भन्ने नारासहित जनकपुरधाममा बुधवार बिहान प्रभातफेरी गरेको हो । बारले आजबाट मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी–२०८२ तथा ५१ औं केन्द्रिय कार्यकारिणी परिषद्को बैठक समेत शुरु गरेको छ । प्रभातफेरी कार्यक्रममा उपस्थित कानूनकर्मीहरुले सुशासन कायम गर, लोकतन्त्रको जग सबल बनाउ, नागरिक अधिकारको संरक्षण गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
प्रभातफेरी कार्यक्रमपछि बोल्दै बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोईरालाले हरेक वर्ष आफूहरुले मानव अधिकार दिवस मनाउँदै आएको र यस वर्ष भने जनकपुरधाममा मनाउन लागिएको बताउनु भयो । वर्षभरका मानव अधिकारका गतिविधिबारे बहस र छलफल हुने जानकारी दिनुभयो ।
छलफलपछि बारले जनकपुरधाम घोषणापत्र जारी गर्ने बताउनु भयो ।










