९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार दिवसको अवसरमा जनकपुरमा नेपाल बारको प्रभातफेरी



अ+ अ-

जनकपुरधाम । मानव अधिकार दिवसको अवसरमा नेपाल बार एशोसिएशनले जनकपुरधाममा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

मानव अधिकारः सुशासन र न्यायको आधार भन्ने नारासहित जनकपुरधाममा बुधवार बिहान प्रभातफेरी गरेको हो । बारले आजबाट मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी–२०८२ तथा ५१ औं केन्द्रिय कार्यकारिणी परिषद्को बैठक समेत शुरु गरेको छ । प्रभातफेरी कार्यक्रममा उपस्थित कानूनकर्मीहरुले सुशासन कायम गर, लोकतन्त्रको जग सबल बनाउ, नागरिक अधिकारको संरक्षण गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

प्रभातफेरी कार्यक्रमपछि बोल्दै बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोईरालाले हरेक वर्ष आफूहरुले मानव अधिकार दिवस मनाउँदै आएको र यस वर्ष भने जनकपुरधाममा मनाउन लागिएको बताउनु भयो । वर्षभरका मानव अधिकारका गतिविधिबारे बहस र छलफल हुने जानकारी दिनुभयो ।
छलफलपछि बारले जनकपुरधाम घोषणापत्र जारी गर्ने बताउनु भयो ।