१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजोनमाथी पीएसजीको शानदार जित



अ+ अ-

एजेन्सी । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजीले) शानदार जित हात पारेको छ ।शनिबार घरेलु मैदानमा भएको खेलमा पीएसजीले डिजोनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई तथा मौरो ईकार्डी र पाब्लो साराबियाले समान एक एक गोल गरेका थिए । खेलको तेस्रो मिनेटमै साराबियाको गोलमार्फत पीएसजीले खेलमा अग्रता लिएको थियो ।

एम्बाप्पेले खेलको ७४ औ मिनेटमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउने काम गरे । त्यसको दुई मिनेटपछि ईकार्डीले पीएसजीलाई ३–० को स्थितीमा पुर्याए । खेलको ईन्जुरी समयमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई शानदार जित दिलाए ।

जितसंगै पीएसजीले लिगमा १३ अंकको अग्रता लिएको छ । पीएसजीले ६८ अंक जोडेको छ । पछिल्लो हारले डिजोनको रेलिगेशन पिडा थप बल्झिएको छ । डिजोन २७ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।