८ श्रावण २०८३, शुक्रबार
,
Latest
कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर



अ+ अ-

सिन्धुपाल्चोक । हिउँदे मौसम सुरुसँगै सिन्धुपाल्चोकको भोटेचौर क्षेत्रमा तोरीका बारी र हिमशृंखलाको संयोजनले मनमोहक दृश्य सिर्जना गर्ने गरेको छ ।

स्थानीय बासिन्दा र आन्तरिक पर्यटक दुवैलाई आकर्षित गर्ने यस्तो दृश्य हरेक मंसीर तीर देखिन्छ।यस क्षेत्रका खेतबारी अहिले पहेंलो रङका तोरीका फूलले ढाकिएका छन्। यसैबीच उत्तरतिर देखिने गणेश हिमाल, लाङटाङ र दोर्जे लाक्पा हिमशृंखलाले दृश्यलाई झनै आकर्षक बनाएको देखिन्छ ।

स्थानीय किसानहरूका अनुसार तोरी खेती यो क्षेत्रको परम्परागत बाली हो। तर पछिल्लो समय तोरीबारी र हिमशृंखलाको दृश्यका कारण पर्यटक बढ्दा गाउँको आर्थिक गतिविधिमा पनि थप सकारात्मक असर परेको छ।

“हिउँद सुरु भएलगत्तै यहाँ पर्यटक आउन सुरु गर्छन्, फोटो खिच्छन्, घुमफिर गर्छन्। यसले स्थानीय व्यवसायमा समेत चलायमान बढाएको छ,” एक स्थानीय बताउनु भयो ।

काठमाडौँबाट नजिकैको पुग्ने दूरीमा रहेको भोटेचौर आन्तरिक पर्यटनका लागि पनि सहज गन्तव्यका रूपमा देखिएको छ। मौसम खुलेका दिन तोरीबारी, पहाडी गाउँ र हिमशृंखलाको ‘एकै फ्रेम’ दृश्य हेर्न सकिने भएकाले हिउँदमा यो क्षेत्र विशेष लोकप्रिय बन्दै गएको छ।

काठमाडौंदेखि ३२ किलोमिटर दुरीमा रहेको भोटेचौर बौद्ध, जोरपाटी, साँखु, जर्सिङ पौवा, चौकी र धारापानी हुँदै देउराली डाँडा खोल्सापारी नगर गिरानचौर गाविस हुँदै पुग्न सकिन्छ।