२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले हार ब्यहोरेको छ ।

भर्खरै सम्पन्न खेलमा आर्सनल एस्टन भिल्लासँग २–१ गोलले पराजित भएको हो । अन्तिम समयमा गोल खाँदा आर्सनलले हार ब्यहोर्नुपर्यो ।

खेलको ३६ औं मिनेटमा म्याटी क्यासले गोल गर्दै घरेलु टोलि भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई १–१ को अवस्थामा ल्याए ।

खेलमा दबाब राखेपनि आर्सनलले गोल गर्न सकिराखेको थिएन । तर, अन्तिम समयमा एक मिनेट पनि बाँकि नरहेको अवस्थामा आर्सनलले गोल खान पुग्यो । भिल्लाका एमी बुएन्डाले गोल गर्दै घरेलु टोलिलाई २–१ को जित दिलाए ।

यो नतिजापछि शीर्षस्थानको आर्सनलको १५ खेलबाट ३३ अंक छ भने भिल्ला ३० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।