२९ भाद्र २०८३, सोमबार
,
Latest
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता



अ+ अ-

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान रोड रेसको आयोजना गरेको छ ।

महासंघले शनिवार १८ औँ निर्माण दिवसको अवसर पारेर रोड रेसको आयोजना गरेको हो ।

महासंघले खुल्ला १० किलोमिटर, कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान ५ किलोमिटर रोड रेसको आयोजना गरेको हो । रेसमा विदेशी तथा स्वदेशी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । रोड रेसको पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभूवन आर्मी क्लवका राजन रोकाय पहिलोे, आर्मी क्लवकै सञ्जय श्रेष्ठ दोस्रो र सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो हुनुभयो । महिला खुल्ला १० किलोमिटरतर्फ त्रिभूवन आर्मी क्लवकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लवकै निशा सार्की र राज्यलक्ष्मी रावल क्रमशः दोस्रो तथा तेस्रो हुनुभयो । खुला १० किलोमिटरमा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

कर्पोरेट पुरुषमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो भने कर्पोरेट महिलातर्फ सोनु घतानी, नगिना महर्जन र रजिना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । भेट्रान्स पुरुषतर्फ धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो भने भेट्रान्स महिलातर्फ कल्पना महर्जन, सर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो हुनुभएको छ । विद्यार्थी (छात्र) तर्फ हस्तबहादुर सुनार, अजय वि.के र रञ्जित राउत क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो भने छात्रातर्फ भगवती खड्का, सर्मिला वि.के र आयुष्मा आचार्य क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । कर्पोरेट, स्कुल विद्यार्थी र भेट्रान ५ किलोमिटर रोड रेसका विजेता महिला तथा पुरुषले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । प्रतियोगितामा कुल ४ सय ७१ जनाको सहभागिता रहेको निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रवी सिंहले अब प्रत्येक वर्ष रोड रेस सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले महासंघले पहिलो पटक आयोजना गरेको रेसमा अन्तर्राष्ट्रियस्तरबाट समेत सहभागीता भएको बताउनु भयो । ईटाली, चीन, जापानका धावकहरुले समेत सहभागिता जनाउनुभएको अध्यक्ष सिंहको भनाइ छ । आगामी दिनमा एफक्यान रोड रेस मार्की इभेन्ट हुने उहाँको घोषणा छ ।

१० किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपष्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, तिलगंगा अस्पताल हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय फर्केर टुङ्गिएको हो । ५ किलोमिटर अन्तर्गत महासंघ सचिवालबाट शुरु भएको प्रतिपष्पर्धा बिजुलीबजार पुल, नयाँ बानेश्वर, तीनकुने हुँदै सोही रुटबाट पुनः महासंघ सचिवालय आएर समाप्त भयो । एफक्यान रोड रेशको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले गर्नुभयो ।