२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा



अ+ अ-

कास्की। पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० प्रतियोगिता सञ्चालन भइरहेको छ ।

पोखरा रङ्गशालाको टेनिस सेन्टरमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनल खेलमा पुरुष एकलतर्फ कोरियाका युल हो जुङ र श्रीलङ्काका गानुका फर्नान्डो फाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी, महिलातर्फ नेपालकी शिवाली गुरुङ र चाइनिज ताइपेइकी केचि सु उपाधि नजिक पुगेका छन् । पुरुषतर्फ कोरयाका युलले प्रतियोगितामा जुनियर शीर्ष वरियताका चाइनिज ताइपेइका टिङ हो याङलाई ३–६, ६–३, ७–६ (१) ले पराजित गरी जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, आजै भएको सेमिफाइनल खेलमा श्रीलङ्काका गानुकाले नेपालका प्रणव मानन्धरलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गरेका छन् ।

महिला एकलतर्फ चाइनिज ताइपेइकी सुले भारतकी अनन्या जैनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउकी छिन् भने अर्काे सेमिफाइनलमा नेपालकी गुरुङले भारतकी जुनियर दोस्रो वरियताकी कार्तिकालाई ६–२, ३–६, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।

प्रतियोगितामा ‘पुरुष डबल्स’तर्फ कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्न सफल भएका छन् । महिला डबल्सतर्फ शिवाली गुरुङ र केचि सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि जितेका छन् ।

जारी प्रतियोगिताको सर्किट–१ अन्तर्गतको फाइनल खेल शनिबार हुने आयोजक कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन् । यही दुई सातासम्म सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट–१ र २ अन्तर्गत १६ देशका ८० खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ ५५ र महिलातर्फ २५ जना रहेका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, बङ्गलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, बेलायत, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीको सहभागिता छ । प्रतियोगितामा विभिन्न चार विधामा प्रतिस्पर्धा हुनेछ । रासस