२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको बजेट बँचाएर अर्थमन्त्री–सचिवले आफ्नो कम्पनीमा लगानी गरे भन्नु गलत होः अर्थमन्त्री खनाल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान व्यवस्थामा कुनैपनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्नै नसक्ने बताउनुभएको छ ।

बुधवार आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारी बजेट बचाएर अर्थमन्त्री, सचिवहरुले आफ्नो निजी कम्पनीमा लगानी गरेको भन्ने आरोपको खण्डन गर्नुभएको हो । उहाँले एउटा जिम्मेवार निकायमा बसेको करदाताको जिम्मा लिएको व्यक्तिले त्यस्तो हिम्मत नगर्ने समेत बताउनु भयो ।

अर्थमन्त्री खनालले भन्नुभयो–‘नेपाल सरकारको १२० अर्बलाई बचाएर तिम्रो आफ्नो कम्पनी, अर्थसचिवको कम्पनीमा लगानी गर्नुभयो भनेर भनियो त्यो सम्भव छैन । वर्तमान व्यवस्थामा कानून बमोजिम सरकारको कुनैपनि मन्त्री, कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्न सक्दैन । यस्ता गलत समाचारहरुमा माननियहरुले विश्वास गर्नुभएछ र समितिमा उठाइदिनु भयो । स्पष्ट गर्न पाइयो । त्यस्तो खालको कुनै गतिविधि भएको छैन । त्यो भयो भने उत्तारदायित्व परिक्षण गर्ने निकायहरु अख्तियारहरुले हेर्छन् नै । एउटा जिम्मेवार निकायमा बसेको करदाताको जिम्मा लिएको आम रुपमा उत्तरदायि हुने व्यक्तिले त्यस्तो हिम्मत गर्दै गदैन ।’

उहाँले पछिल्लो समय गलत सूचनाहरुको बाढी नै आएकाले त्यस्तोमा सांसद्हरुलाई विश्वास नगर्न आग्रह गर्नुभयो ।




भर्खरै