२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अभिमन्युः च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला



अ+ अ-

काठमाडौं । यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्युः च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला भएको छ । अधिकांश मल्टिप्लेक्सले मंगलबारबाट नै अग्रिम बुकिङ खुला गरेका हुन् ।

‘अभिमन्यु स् च्याप्टर १’ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो सिनेमालाई आफ्नो काठमाडौंका आउटलेटमा ११ शो उपलब्ध गराएको छ ।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्ना पाँचवटा चेनमा ११ शो दिएको छ ।

वान सिनेमाजले दुईवटा आउटलेटमा ६ वटा शो उपलब्ध गराएको छ । विग मुभिजले २, एफक्युबले २ शो दिएको छ । अन्य सिनेमा हलले पनि यस्तै अनुपातमा शो उपलब्ध गराएका छन् ।

सोमबार भएको प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रले उठान गरेको विषय, मेकिङ, प्रस्तुति र अभिनयको खुलेर तारिफ भएको थियो । विषय, प्रस्तुति र अभिनयको तारिफ गरिएको सिनेमा हेर्नै पर्ने प्रतिक्रिया आएको थियो ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु स् च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छ ।

यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।