१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रो खेल्दा पनि नतिजामा चुक्यौँः गुल्सन झा



अ+ अ-

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आज सम्पन्न खेलमा काठमान्डू गोर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराएको छ ।

यो जितले आठ अङ्क जोडेको काठमान्डूले प्लेअफको सम्भावना कायमै राखेको छ भने कर्णाली भने प्लेअफबाट बाहिरिने सङ्घारमा पुगेको छ ।

आजको खेलमा पराजित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा कर्णालीका खेलाडी गुल्सन झाले टोलीले राम्रै खेल्दा पनि नतिजामा चुक्नुपरेको बताए ।

“राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको छ”, उनले भने, “सबैले राम्रो खेलिरहेका छौँ । तर नतिजा हाम्रो पक्षमा ल्याउन सकिरहेका छैनौँ ।” अब खेल्न बाँकी रहेका दुई खेल जित्ने र अझै पनि  प्लेअफ पुग्ने लक्ष्य रहेको झाको भनाइ थियो ।

यस्तै काठमान्डू गोर्खाजको जितमा प्लेयर अफ दी म्याच भएका जेरार्ड इरासमसले आज राम्रो इनिङ खेल्न पाउँदा धेरै खुसी लागेको बताए ।

“आजको पिच ब्याटिङ गर्न राम्रो रहेको थियो । जसमा मैले राम्रो इनिङ खेले, धेरै खुसी लागेको छ”, उनले भने । एनपिएलको जारी सिजनमा यो नै आफ्नो अन्तिम खेल भएको र नेपाली क्रिकेटलाई आफूले याद गरिराख्ने इरासमसको भनाइ थियो ।