२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा र विवेकशीलबीच आइतबार एकता हुने



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीसँग आइतबार एकता गर्ने भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले विवेकशील साझा पार्टीसँग एकता गर्ने प्रस्तावलाई सर्वसम्मत स्वीकार गर्दै एकीकरण गर्ने निर्णय गरेको हो ।

यस्तै, आइतवार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गर्ने निर्णय भएकोे प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले पनि यसअघि नै रास्वपासँग एकता गर्ने निर्णय गरिसकेको थियो ।

प्रवक्ता झाले भन्नुभयो, “हामी विवेकशीलसँग मात्र होइन असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत एवं परिवर्तनकारी राजनीतिक शक्तिहरूसँग मुद्दागत र साङ्गठनिक सहकार्यमा छौँ । त्यहीअन्तर्गत विवेकशीलसँग एकता र आइतवार घोषणासभा गर्ने निर्णय भएको छ ।”

विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो । विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । विसं २०७० मा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा गएको थियो ।

रास्वपा भने विसं २०७९ असार ७ गते स्थापना भएको थियो । उक्त दलले प्रतिनिधिसभा निर्वाचन, २०७९ मा प्रत्यक्षतर्फ सात सिट जितेको थियो । रासस