१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ



अ+ अ-

धनुषा। धनुषा सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएअनुसार बालिका बलात्कार आरोपमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–५  महेन्द्रनगर बस्ने ६७ वर्षीय रामभगत साहलाई पक्राउ गरिएको हो ।

आरोपी साहले आज बालिकालाई एक्लै भएको मौका छोपी बलात्कार गरेर भाग्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको जनाइएको छ ।

पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको र आरोपीलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिनुभयो । रासस