१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने

घनश्याम भुसाल भन्छन्ः पुरानै नेताहरुको पुनरागमनले देश डरलाग्दो द्वन्द्वतर्फ जाँदैछ

घनश्याम भुसाल भन्छन्ः पुरानै नेताहरुको पुनरागमनले देश डरलाग्दो द्वन्द्वतर्फ जाँदैछ
अ अ+ अ-

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी पुनर्गठन अभियान) का नेता घनश्याम भुसालले जेन—जी आन्दोलनको मुद्दालाई प्रमुख राजनीतिक दलका नेताहरूले नजरअन्दाज गरिरहेको आरोप लगाउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) र नेकपा (एकीकृत समाजवादी पुनःगठन अभियान) एकता घोषणा कार्यक्रममा उहाँले फेरि समाजले रिजेक्ट गरेका पुरानै अनुहारहरु राजनितिमा सक्रिय हुने प्रयासमा लागिरहेको बताउनु भयो । फेरि राजनीतिक नेतृत्व पुरानै हातमा फर्कियो भने देश अर्को डरलाग्दो द्वन्द्वतर्फ जाने उहाँको दाबी छ । जेन—जी आन्दोलनको अर्थ–राजनीतिक ओज धेरै गहिरो रहेको बताउनुहुँदै उहाँले यसलाई नबुझ्नु राजनीति पक्षबाट भयंकर नालायकी हुने उल्लेख गर्नुभयो । संविधान निर्माणपछि देशमा असाधारण राष्ट्रिय आकांक्षा बने पनि त्यही समय कम्युनिष्ट नेतृत्वले सही निर्णय गर्न नसक्दा जनतामा तिब्र निराशा पैदा भएको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार शासन संयन्त्रका सबै तहमा जनताको विश्वास गुमेपछि जेन—जी आन्दोलनको नाममा विद्रोह भएको बताउनु भयो । उहाँले मानिसले प्रधानमन्त्री, मन्त्री, न्यायाधीश र नेता को हो भनेर छुट्याउनै छाडेको बताउनु भयो । राज्य संयन्त्रप्रतिको अविश्वासले जनताको आक्रोश सडकमा जेन—जी आन्दोलनका रूपमा अभिव्यक्त भएको उहाँको भनाई छ । भदौ २३ र २४ का घटनालाई देशभित्र तथा बाहिरका आपराधिक, पपुलिस्ट, सत्तालोलुप र षड्यन्त्रकारी शक्तिले दुरुपयोग गरेको उहाँले बताउनु भयो । भदौ २३ र २४ को ताण्डवले मुलुक अझ ठूलो संकटतर्फ धकेलिएको उहाँको भनाई छ । उक्त आन्दोलनमा देशको करिब एक तिहाइ अर्थतन्त्र ‘भाँचिसकेको’ उहाँको दाबी छ । उहाँले कम्युनिस्ट आन्दोलनकै केही नेताहरू सत्ता र स्वार्थका लागि राजनीतिको चुलीमा बसेर नेपाललाई यो स्थितिमा पु¥याएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको निर्माणपछि मुलुकमा असाधारण राष्ट्रिय आकाक्षा आकाशिएको थियो । त्यो संकल्प थियो, गौरव थियो । राष्ट्रयले नयाँ बाटो खोजिरहेको थियो । त्यसका लागी राष्ट्र एकतावद्ध पनि थियो । त्यो बेलामा कम्युनिष्ट पार्टीले, त्यसको अलमलले, त्यसको नेतृत्वले सही काम गर्न नसक्दाखेरी, सही कुरा ठम्याउन नसक्दाखेरी त्यो आकांक्षमाथी खेलभाड भएको देख्यो जनताले र यसरी हेर्दा मैले पटकपटक भनेको छु, राज्य त्यसका प्रधानमन्त्री, मन्त्री, न्यायधीश, पुलिस प्रशासन, नेता र विचौलिया को के हो भन्ने कुरा खुट्याउन छोड्यो मान्छेले । न्यायधीश हे¥यो नेताजस्तो छ, नेता हे¥यो विचौलिया जस्तो छ, विचौलिया हे¥यो प्रधानमन्त्री जस्तो छ । चित्र विचित्र देखिन थाल्यो । त्यसपछाडी जनतामा जुन असाधारण आकासिशएको आकांक्षामाथी खेलभाड भएको देख्यो, त्यसपछाडी मान्छेले पार्टी पर्खेन र आक्रोशका साथ उ सडकमा आयो । जेनजी आन्दोलन भनेको समाजले त्यही आक्रोश व्यक्त गर्नको लागी आफ्नो कुरा अभिव्यक्त गर्नको लागी आएको कुरा हो । अथवा जेन–जी मुभमेन्टका नामबाट समाजले त्यो आफ्नो आक्रोश पोख्यो, त्यो आक्रोशलाई देश भित्रका बाहिरका अपराधिक, पपुलिष्ट, सत्तालोलुप, षड्यन्त्रकारी, पुनरोत्थानबादीहरुले प्रयोग गरे र २४ गतेको ताण्डप मच्चाए ।’

‘भदौ २३ र २४ गतेको ताण्डपले मुलुक भयंकर डरलाग्दो झन ठुलो संकटमा गयो । जेजनी आज्दोलन यसो हेर्दा आयो गयो । अहिले यो आन्दोलनको त्यो समाजले जे बोल्न खोजेको थियो, जे बोलेको थियो त्यसलाई नजरान्दाज गर्न खोजिँदैछ । वस्तुतः यसको ओज धेरै ठूलो छ । अझ खासगरि जेनजी आन्दोलनको अर्थराजनिति ओज धरै दूरगामी छ । धेरै गहिरो छ र धेरै शक्तिशाली छ । यसलाई बुझ्न सकिएन भने यो भयंकर ठूलो नालायकी हुनेछ । राजनितिले यसलाई नबुझ्नु भयंकर ठुलो नालायकी हुनेछ । अहिले देखिँदैछ की खासगरि पार्टीहरु, ठूला पार्टीका नेताहरुले त्यसलाई दरकिनार गर्दैछन् र हिजो समाजले रिजेक्ट गरेका, अस्वीकार गरेका, बहिस्कार गरेका तिनै मानिसहरु फेरि आफूभित्रको गुटबन्दी, गिरोहगिरि फेरि व्युँतिएर अब फेरि राष्ट्रिय राजनितिको लगाम उनीहरुले समाउने प्रयत्न गर्दैछन् । तत्काल हेर्दा कानुनी रुपले हेर्दा पार्टीको कानुनले हेर्दा वा संविधानले हेर्दाखेरी त्यो आफ्नो कुरा ढाकछोप गर्न, असली चेहरा ढाकछोप गर्न प्रयत्न गरेपनि यदी फेरि राजनिति तिनै पुरानाको हातमा गयो भने हामी अर्को डरलाग्दो द्वन्द्वतर्फ यो मुलुक जानेछ । अर्थतन्त्र अझै हाम्रो एक हिसावले एक तिहाई अर्थतन्त्र अस्ती भाँचिसकेको छ । यो एउटा राष्ट्रको हिसावले डरलाग्दो कुरा हो । अरु द्धन्द बढ्दै जानेछन् । हामी बहुपक्षिय द्धन्दतर्फ जानेछौँ । मुलुक असफलतातर्फ जानेछ ।’ 

एकीकृत समाजवादी पुनर्गठन अभियान अब नेकपा (संयुक्त) को ब्यानरबाट चल्ने भएको छ । पार्टीको चुनाव चिन्ह हँसिया रहनेछ भने दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ ।