१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः अर्धशतक बनाउने विनोद भण्डारी नवौँ खेलाडी



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतक हिर्काएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय खेल मैदानमा जारी लुम्बिनी लायन्सविरूद्धको खेलमा उनले ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

भण्डारीको यो सिजनमा पहिलो अर्धशतक हो । योसँगै जारी प्रतियोगितामा अर्धशतक हिर्काउने उनी नवौँ खेलाडीसमेत बनेका छन् । यसअघि चितवन राईनोजका रवी बोपराले तीन, पोखरा एभेनजर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन् ।

बोपरा र भुर्तेलसँगै सुदूरपश्चिम रोयल्सका जोश ब्राउन, सुदूरपश्चिमका हरमित सिंह, विराटनगर किंग्सका ब्याटरद्वय लोकेश बम र मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेख पनि अर्धशतक हिर्काउनेको सूचीमा छन् । कर्णालीका मार्कवाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने खेलाडीको सूचीमा छन् ।