१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेको रिट सर्वोच्चमा दर्ता, मंसिर १७ मा पेशी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता महेश बर्तौला र सुनिता बरालले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले रिट दर्ता भएको पुष्टि गरेको छ।

उनीहरूले मंगलबार दायर गरेको रिटमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधिसभा विघटन गरेको निर्णय असंवैधानिक भएको दाबी गरिएको छ। रिटमा विघटन खारेजीसहित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिएको छ।

सर्वोच्चले उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि मंसिर १७ गतेको मिति तोकेको छ।

यो घटनाक्रम २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि राजनीतिक चलायमानतामा भएको परिवर्तनसँग जोडिएको छ।

आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। ओलीको राजीनामापछि राष्ट्रपति पौडेलले आन्दोलनकारीको सिफारिस अनुसार २७ भदौमा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो, जसलाई एमालेले निरन्तर असंवैधानिक भन्दै आइरहेको छ।