९ श्रावण २०८३, शनिबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेको रिट सर्वोच्चमा दर्ता, मंसिर १७ मा पेशी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता महेश बर्तौला र सुनिता बरालले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले रिट दर्ता भएको पुष्टि गरेको छ।

उनीहरूले मंगलबार दायर गरेको रिटमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रतिनिधिसभा विघटन गरेको निर्णय असंवैधानिक भएको दाबी गरिएको छ। रिटमा विघटन खारेजीसहित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिएको छ।

सर्वोच्चले उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि मंसिर १७ गतेको मिति तोकेको छ।

यो घटनाक्रम २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि राजनीतिक चलायमानतामा भएको परिवर्तनसँग जोडिएको छ।

आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। ओलीको राजीनामापछि राष्ट्रपति पौडेलले आन्दोलनकारीको सिफारिस अनुसार २७ भदौमा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो, जसलाई एमालेले निरन्तर असंवैधानिक भन्दै आइरहेको छ।