२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ



अ+ अ-

सान होसे। कोस्टारिकाको प्रहरीले देशका सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर अलेजान्ड्रो एरियास मोन्गेलाई पक्राउ गरेको छ ।

पक्राउ अभियानका क्रममा भएको सुरक्षा कारबाहीमा एक जनाको मृत्यु भएको छ भने आठ जना प्रहरी घाइते भएका छन् ।

कोस्टारिकाका महान्यायाधिवक्ता कार्लोस डियाजका अनुसार ‘एल डियाब्लो’ उपनामले चिनिने मोन्गेलाई शुक्रबार बिहान उत्तरपूर्वी हेरेडिया प्रान्तको रियो फ्रियोबाट पक्राउ गरिएको हो । उनको पक्राउका लागि अमेरिकाले पाँच लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो ।

डियाजका अनुसार ग्रामीण क्षेत्रमा आपराधिक समूहका नाइकेको बैठक भइरहेको सूचनाका आधारमा सुरक्षा निकायले कारबाही गरेको थियो ।

उक्त कारबाहीमा अर्का आपराधिक समूहका नाइके रोनी रियोस मारिएका छन् । सुरक्षा कारबाहीका क्रममा करिब दुई हजार पाँच सय राउन्ड गोली चलेको र आठ जना प्रहरी घाइते भएको महान्यायाधिवक्ता डियाजले जानकारी दिनुभयो ।

सान जुआनस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै सफल कारबाहीका लागि कोस्टारिका सरकारलाई बधाई दिएको छ । अधिकारीका अनुसार ‘एल डियाब्लो’ करिब एक दशकदेखि फरार थिए । उनी फरार अवधिको केही समय छिमेकी मुलुक निकाराग्वामा लुकेर बसेको आशङ्का गरिएको छ ।

कुनै समय मध्य अमेरिकाकै सुरक्षित मुलुकका रूपमा चिनिएको कोस्टारिकामा पछिल्ला वर्षमा लागुऔषध तस्करी र सङ्गठित अपराधका गतिविधि बढ्दै गएपछि सुरक्षा चुनौती थपिएको छ । रासस/एएफपी