७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

हेमराज ढकाल भन्छन्ः ‘राजनितिक दल जस्तै उद्योग खोल्ने प्रतिष्पर्धा गरौँ’

हेमराज ढकाल भन्छन्ः ‘राजनितिक दल जस्तै उद्योग खोल्ने प्रतिष्पर्धा गरौँ’
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले हाल देशमा राजनितिक दलहरु खुले जसरी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

हाल देशमा दिनहुँ नयाँ राजनितिक दल खुलिरहेको उहाँको भनाई छ । जेन–जी आन्दोलनपछि नेपालमा नयाँ राजनितिक दल खोल्ने प्रतिष्पर्धा नै चलेको छ । राजनितिक दल खोल्ने प्रतिस्पर्धालाई व्यङ्ग्य गर्दै उपाध्यक्ष ढकालले कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने प्रतिष्पर्धा हुनुपर्ने बताउनु भयो । उहाँले नयाँ राजनीतिक दल खुल्दैमा मात्रै देशमा समृद्धि सम्भव नहुने बताउनु भयो । उद्यमशिलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई छ ।

उहाँले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नैपर्नेमा जोड दिनुभयो । राजनीति केन्द्रित सोचले मात्रै देश विकास गर्न नसक्ने भन्नुहुँदै उहाँले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुराना कानूनहरुलाई परिवर्तन गरी समयानुकुल बनाउनुपर्ने पनि बताउनु भयो । ५० वर्ष पुराना कानून र प्रणालीले नयाँ पुस्ताको क्षमतालाई सम्बोधन नगर्ने उहाँको भनाई छ । उहाँले दुई ठूला मुलुकको बीचमा रहेको भौगोलिक अवस्थालाई नेपालले रणनीतिक अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जसरी अहिले देशमा दलहरु खोल्नको लागी प्रेरित भइरहेको छ । दिनानुदिन नयाँ दलहरु खोलिराख्नुभएको छ । आगामी यहाँहरुको मेनिफेष्ट्रोमा दिनानुदिन कम्पनी, उद्यमशिलता र उद्योग खोल्नको लागी तपाईहरुको मेनिफेष्ट्रोमा राख्नुपर्छ । किनभने हामीले संचारमा हे¥र्यौं भने कुनैपनि देश पोलिटिक्सले मात्र समृद्धि हुन सक्दैन । जबसम्म हामीले पोलिटिक्सलाई ईकोनोमीसंग संगसंगै हाल्न सक्दैनौँ । कुनैपनि देश समृद्ध हुन सक्दैन भन्ने मलाई लाग्छ । त्यसलेगर्दा म यही मञ्चबाट युवाहरुको आवाजलाई मैले आफ्नो बनाउँदै माननीय मन्त्रीज्युलाई के भन्न चाहे भने आगामी दिनमा जुन पोलिसि बनाउँछौँ । हामीले यस्तो पोलिसि बनाउन प¥यो, उद्यमशील गर्ने मान्छेहरुलाई ह्यासल फ्रि एक्सेस दिनुप¥यो । पुराना पुराना पोलिसि जुन छन्, पुराना कानूनहरु जुन छन्, ५० वर्ष पहिलाको सन्दर्भमा बनाएको कानुनहरुलाई चेन्ज गर्नुप¥यो । पहिलाको सिष्टम र अहिलेको सिष्टम, अहिलेको थर्ड प्रोसेस चेन्ज भईसकेको कारणले गर्दा यो जेनेरेशनको जुन सिफ्ट छ, जेनेरेशनको ग्याप छ, यो जेनेरेशनलाई आउने हिसाबले हामीले कानून निर्माण गर्नसक्यौँ र उनीहरुलाई एक्सेस दिनसक्यौँ भने हामी समृद्धिको हिसावमा धेरै टाढा छैनौँ । हामीसँग अथाहा सम्भावना छ । दुई ठूला मुलुकको बीचमा हामी जुन लोकेसनवाई बसिराखेका छौँ । हाम्रो लागी त्यो एउटा सौभाग्य हो । हाम्रो लागि अपरच्युनिटि हो, त्यसले गर्दाखेरी हामी सबैजना मिलेर हाम्रो देशलाई समृद्ध बनाउनपर्छ ।’

उहाँले पुराना पुस्ताको अनुभव र नयाँ युवाहरुको सोचलाई सँगै अगाडी बढाएर देश समृद्ध बनाउन लाग्नुपर्ने बताउनु भयो । झन्डै ४२ प्रतिशत युवा जनसंख्या भएको नेपालले एआई, मेसिन लर्निङ र नयाँ प्रविधिमा आधारित उद्यमशीलता विकास गर्न सके छिट्टै समृद्धिको बाटो समात्न सकिने उहाँको भनाई छ । युवाहरूलाई उद्यम र नवप्रवर्तनमा प्रत्यक्ष पहुँच दिलाउने नीति बनेमा मात्र नेपालले दिगो आर्थिक प्रगति गर्नसक्ने उहाँले बताउनु भयो ।