१५ श्रावण २०८३, शुक्रबार
,
Latest
तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसि प्रिमियर कपमा नेपालद्वारा साउदी अरेबिया ८ विकेटले पराजित



अ+ अ-

काठमाडौँ। युएईमा सुरु भएको १९ वर्षमुनिको एसिसि मेन्स प्रिमियर कपको पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको छ ।

साउदी अरेबियाले प्रस्तुत गरेको २१९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमै भेट्टाएको थियो । नेपालका लागि निरज कुमार यादवले ११४ रनको महत्वपूर्ण योगदान गरेका थिए । नब्बे बलको सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरेका थिए । उनी म्यान अफ अफ द म्याच घोषित भए ।

यसैगरी निश्चल क्षेत्रीले महत्वपूर्ण ६६ रन बनाएका थिए । उनले पनि पाँच चौका र १ छक्का हानेका थिए । आक्रामक खेल प्रस्तुत गरेका निरज र निश्चलले १५५ रनको साझेदारी गरेका थिए । प्रारम्भिक व्याट्सम्यान वंश क्षेत्रीले पनि ३० रनको योगदान गरेका थिए ।

यसअघि नेपालले टस जितेर साउदी अरेबियालाई ब्याटिघको निम्तो दिएको थियो । साउदी टिमका प्रारम्भिक खेलाडीहरुले राम्रै स्कोर गरे पनि तल्लोक्रमका खेलाडी सस्तैमा आउट भएका थिए ।

नेपालका तर्फबाट अशोक धामीले २, दयानन्द मण्डल, शुसील बहादुर रावल, सिब्रिन श्रेष्ठ र दर्शन सोनारले एक एक विकेट लिएका थिए ।

नेपालको समूह क मा हङकङ र साउदी अरेबिया रहेका छन् । नेपालले यो जितसँगै २ अंक जोडेर पहिलो स्थानमा छ भने हङकङ दोस्रो स्थानमा छ ।