३० श्रावण २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिनुभएको छ । श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाल उपविजेता भएको थियो ।

“दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ श्रीलंकामा सहभागी हुन पुगेको नेपाली क्रिकेट टिम उपविजेता बन्न सफल भएको छ ।

फरक शारीरिक अवस्था र दैनिक जीवनका अनेक चुनौतीका वावजुद विश्वमा नेपाल र नेपालीको शीर उच्च राख्ने टिमलाई हार्दिक बधाई”, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।

विश्वकपको फाइनलमा नेपाली टोली भारतसँग सात विकेटले पराजित भएको थियो ।