२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेत्रहीन महिला टी ट्वान्टी विश्वकप उपविजेता टोली स्वदेश फिर्ता (तस्बिरसहित)



अ+ अ-

काठमाडौँ ।  श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी ट्वान्टी विश्वकपको पहिलो संस्करणमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले त्रिभूवन अन्त्र्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । श्रीलंकाको राजधानी कोलम्बोमा आईतवार सम्पन्न फाइनलमा भारतसँग सात विकेटले पराजित भएको थियो ।

नेपाली महिला टोलीको पहिलो उपाधि लक्ष्य अधुरै रह्यो । पी सारा ओभलमा नेपालले एक सय १५ रनको सामान्य लक्ष्य दिएको थियो । त्यो लक्ष्य भारतले मात्र तीन विकेटको क्षतिमा १२ औं ओभरमै पूरा गर्दै पहिलो संस्करणको विश्वकप उपाधि उचालेको हो । पहिलो संस्करणको विजेता भारतले १५ लाख र नेपालले ९ लाख श्रीलंकाली रुपैयाँ पाए । श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाले विजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए ।

यस विश्वकपमा नेपालका दुई खेलाडी फरकफरक क्याटगोरीमा प्लेअर अफ द सिरिज भए । ‘बी वान’ क्याटगोरीबाट सुष्मा तामाङ र ‘बी टु’ बाट सिरिज मनकेशरी चौधरी प्लेअर अफ दी म्याच भए । उनीहरूले दुवैले ३७ हजार पाँच रुपैयाँ पुरस्कार पाए ।

तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल