११ भाद्र २०८३, बिहीबार
,
Latest
स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ ०७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६७ पैसा र बिक्रीदर १० रुपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ १५ पैसा र बिक्रीदर ४९७ रुपैयाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ २९ पैसा बिक्रीदर ४०४ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। रासस