७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु
अ+ अ-

झापा। तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलाको पुल पुनर्निर्माण हुने भएको छ ।

बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडकखण्डअन्तर्गत पर्ने यो पुल निर्माणका लागि बुधबार नगरपालिकासँग निर्माण कम्पनीको सम्झौता सम्पन्न भएसँगै काम अघि बढ्ने भएको हो ।

करिब तीन वर्षअघि आएको बाढीले पुलमा क्षति पुर्याएपछि जोखिम मोलेर सञ्चालन हुँदै आएको थियो । गत वर्ष २०८२ साल साउनमा आएको बाढीले जीर्ण अवस्थाको पुलसमेत बगाएपछि झापा र इलाम जोड्ने महत्त्वपूर्ण सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसयता सर्वसाधारण र सवारीसाधनले घुमाउरो वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए ।

समता कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु २६ करोडको लागतमा पुल निर्माणको जिम्मेवारी पाएको छ । निर्माण कम्पनीका सञ्चालक दिनेश राउतसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरी आज शुक्रबारदेखि निर्माणकार्य सुरु गर्ने जनाएको छ ।

नगरप्रमुख बलदेवसिंह गोम्देनसहितको टोलीले पुल निर्माणस्थलको निरीक्षण गरेको थियो । निरीक्षणपछि नगरप्रमुख गोम्देनले पुल निर्माण सुरु हुनु स्थानीयका लागि खुसीको विषय भएको उल्लेख गर्दै भन्नुभयो, “बिरिङ पुल निर्माण सुरु हुनु नगरवासीका लागि निकै सुखद् समाचार हो ।”

लामो समयदेखि स्थानीयले भोग्दै आएको सास्ती अब अन्त्य हुने विश्वास व्यक्त गर्दै नगरप्रमुख गोम्देनले पुल निर्माणलाई समयमै सम्पन्न गर्न नगरपालिकाले गर्नुपर्ने सबै समन्वयात्मक भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताउनुभयो ।

उहाँले निर्माण सम्पन्न गर्न साढे दुई वर्षको समयसीमा तोकिए पनि निर्धारित समयभन्दा अगावै पुल निर्माण सम्पन्न हुनेमा आफू आशावादी रहेको बताउनुभयो । पुल निर्माणसँगै झापा र इलामबीचको आवतजावत सहज हुनेछ । रासस