२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेविसंघमा आवद्ध



अ+ अ-

विराटनगर । मोरङको विराटनगरमा एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा छ्यापिएको रातो मसी प्रकरणमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)सँग आवद्ध दुई युवालाई प्रहरीले नियन्त्रणमा लागेको छ।

आज बिहान एयरपोर्ट लाइनतर्फको सडकमा प्रहरी भ्यानको पछाडि लागेको बस्नेत सवार कार गुडिरहेका बेला सडक किनाराबाट दौडदै आएका युवाले गाडीमा रातो मसी फ्याँकेका थिए।

बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाँदै गरेका थिए। मसी फ्याँकिएपछि गाडी रोकिएको र घटनास्थलमै दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम छन्। दुबै जना नेविसंघसँग आवद्ध रहेको प्रहरीले पुष्टि गरेको छ।

पक्राउ परेका गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य तथा संस्थापनइतर समूहका नेता हुन्। उनलाई डाक्टर शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेविसंघ इकाइ सभापति बनाएको थियो। त्यही क्याम्पसमा नेविसंघ संस्थापन समूहका सभापति भने प्रशान्त यादव छन्।

अर्पित कुँवर पनि नेविसंघ निकट विद्यार्थी भएको प्रहरी स्रोतले बताएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।