१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग सिटी पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी पराजित भएको छ ।

गएराति भएको खेलमा सिटी न्युक्यासल युनाइटेडसँग २–१ गोलले स्तब्ध बनेको हो । खेलको पहिलो हाफमा कुनै गोल हुन सकेको थिएन । घरेलु टोलिको जितमा हार्भी बार्न्सले दुबै गोल गरे । ६४ औं मिनेटमा उनले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा रुवेन डियाजले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए । ७० औं मिनेटमा हार्भीले व्यक्तिगत तथा टोलिका लागि दोस्रो गोेल गर्दै जित दिलाए ।

यो नतिजापछि सिटी १२ खेलबाट २२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने न्युक्यासल १५ अंकका १४ औं स्थानमा छ ।