१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ करोड ६० लाख नागरिकलाई क्वारेन्टाइनमा बस्न सरकारको निर्देशन



अ+ अ-

रोम । कोरोना भाइरस संक्रमण तीव्र भएपछि इटालीमा सरकारले १ करोड ६० लाख नागरिकलाई क्वारेन्टाइनमा बस्न आइतबार निर्देशन दिएको छ। क्वारेन्टाइन नबसी भागे तीन महिना जेलमा राख्ने चेतावनी दिइएको छ। इटालीका प्रधानमन्त्री ज्युसेप्पे कोन्तेले भेनिस र मिलानोलगायत क्षेत्रमा कम्तीमा एक महिना आवागमनमा कडाइ गर्ने योजनामा हस्ताक्षर गरेको ट्विटरमा बताएका छन्। प्रधानमन्त्री कोन्तेको आदेशमा सिनेमाघर, संग्रहालय, थिएटर सबै बन्द गर्न भनिएको छ। ‘कोरोना भाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु’, कोन्तेले भने।

इटालीमा कोरोना (कोविड–१९) कै कारण २ सय ३० जनाको मृत्यु भएको छ। चीनपछि दोस्रो ठूलो संख्यामा मृत्यु भएको इटालीमै हो। चीनमा गत डिसेम्बरमा देखापरेको यो प्रकोपले धेरै देशलाई प्रभावि पारिरहेको छ। बुढ्यौली उमेरका मानिसको बसोबास जापानपछि इटालीमा विश्वमै सर्वाधिक छ। कोरोनाबाट वृद्धहरू बढी प्रभावित हुने गरेका छन्। सरकारले स्थगन गर्नै नसकिने गम्भीर कारण, जरुरी काम वा पारिवारिक समस्याबाहेकका अवस्थामा क्वारेन्टाइन क्षेत्रमा प्रवेश गर्न वा छाड्न अनुमति नदिने भएको छ।

सरकारको यो निर्णयले इटालीको ६ करोड जनसंख्याको एकतिहाइलाई असर पार्नेछ। उत्तरी क्षेत्रका प्रभावित इलाकामा संग्रहालय, रात्रि क्लब, जिमखाना र क्यासिनो बन्द गरिनेछन्। प्रतिबन्ध कम्तीमा अप्रिल ३ सम्म लागू हुनेछ। सबैलाई घरभित्रै बस्न सल्लाह दिइएको छ। यो क्षेत्रबाहिरका कोही भए आआफ्ना घर फर्किन दिइनेछ।

बार र रेस्टुराँमा ग्राहक एकअर्कासँग करिब एक मिटर टाढै रहने प्रबन्ध गर्न सके खुला राख्न अनुमति दिइनेछ। विश्वव्यापी रूपमा कोविड–१९ संक्रमित व्यक्तिको संख्या १ लाख नाघेको छ। यो रोगबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय पुगेको छ। यो रोग ९५ भन्दा बढी देशमा फैलिएको छ। अन्नपुर्णपोष्ट दैनिक