![](https://newspolar.com/wp-content/uploads/2022/03/bus-accident-6-_fyuH8HRDgU.jpg)
बुटवल । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा ८ जना घाइते भएका छन् ।
४० जना सवार रहेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ । प्रहरीका अनुसार मृत्यु हुनेको सनाखत हुन बाँकी छ ।