१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु



अ+ अ-

बुटवल । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा ८ जना घाइते भएका छन् ।

४० जना सवार रहेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ । प्रहरीका अनुसार मृत्यु हुनेको सनाखत हुन बाँकी छ ।