१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी उत्पादन कटौती हट्यो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीज्यूको विशेष पहलमा राहदानी संकट समाधान भएको छ ।

साविकको फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँगै पुरानै मूल्यमा नबढ्ने गरी नयाँ ७ लाख विद्युतीय राहदानी खरिदको सम्झौता भएसँगै अब सेवाग्राहीले अनिश्चितकालसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैबिच राहदानी विभागले आज एक विज्ञप्ति जारी राहदानी उत्पादन कटौती हटाएको जनाएको छ।

यसअघि मौज्दात सकिँदै गएको र वैकल्पिक व्यवस्थान गर्न नसकेको कारण राहदानी विभागले दैनिक एक हजारमा सीमित गरी उपलब्ध गराउँदै आएको थियो। नवीकरण गर्नुपर्ने र नयाँ लिनुपर्ने गरी दैनिक करिब ६ हजार राहदानीको माग भए पनि सरकारले एक चौथाइ पनि उपलब्ध गराउन नसक्दा सेवाग्राहीलाई निकै ठूलो मर्का परिरहेको थियो।

यसबीचमा प्रधानमन्त्री कार्कीले नेपालका लागि महामहिम जर्मनेली राजदूतदेखि सम्बन्धित कम्पनीका अधिकारीहरुलाई बोलाएर पनि कुराकानी गर्नुभएको थियो।