९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अनित पड्डा मेरी गलफ्रेण्ड होइनन्’



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अहान पाण्डे र अभिनेत्री अनीत पड्डा यो वर्ष उनीहरूको पहिलो फिल्म ‘सैयारा’ रिलिज भएपछि चर्चामा आए।

यो सुपरहिट फिल्ममा दुवैको अनस्क्रिन केमिस्ट्री दर्शकले निकै मन पराए। त्यसपछि सामाजिक सञ्जालमा उनीहरू रिलेशनशिपमा छन् भन्ने चर्चा सुरु भयो।

हालै फिल्ममेकर करण जौहरले पनि सानिया मिर्जाको टक शोमा भनेका थिए कि यी दुवै भविष्यमा बलिउडको अर्को “इट कपल” बन्न सक्छन्। अब अहानले यी अफवाह र रिलेशनशिपका चर्चाबारे आफ्नो मौनता तोडेका छन्।

जीक्यू इन्डियालाई दिएको अन्तर्वार्तामा जब अहानलाई सोधियो कि के उनी साँच्चिकै अनीतलाई डेट गर्दैछन् ? त्यसमा अहानले भने,

“अनीत मेरी बेस्ट फ्रेन्ड हो। पूरा इन्टरनेटलाई लाग्छ हामी सँगै छौँ, तर त्यस्तो होइन। केमिस्ट्री सधैं रोमान्टिक भएर मात्र हुँदैन। त्यो कम्फर्ट, सुरक्षा र समझबाट पनि बन्छ। हामीले एक–अर्कालाई यही अनुभूति गराएका छौँ। उनी मेरी गर्लफ्रेन्ड होइनन्, तर हाम्रो जस्तो बन्ड अरूसँग कहिल्यै नहोस्।”

उनले यो पनि बताए कि फिल्मभन्दा अघि दुवैलाई पाउलो कोएल्होको एक लाइन धेरै मन परेको थियो— “कुनै सपना पूरा हुने सम्भावनाले नै जीवनलाई रोचक बनाउँछ।” अहानका अनुसार, “हामीले एक सपना सँगै देखेका थियौँ र त्यो पूरा भयो।”

आफ्नो रिलेशनशिप स्टेटसबारे अहान भन्छन्, “म सिंगल छु।” उनले बताए कि उनका अघिल्ला गर्लफ्रेन्डहरूको अनुसार, उनी ‘एक्ट्स अफ सर्भिस’ र ‘ग्रान्ड जेस्चर’ मार्फत प्रेम व्यक्त गर्ने खाले ब्वायफ्रेन्ड हुन्।

फिल्म ‘सैयारा’ १८ जुलाई २०२५ मा हलमा रिलिज भएको थियो। फिल्मले बक्स अफिसमा शानदार प्रदर्शन गर्दै विश्वभर ५७० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो।

कामको कुरा गर्दा, अहान अली अब्बास जफरको आगामी एक्शन फिल्मको तयारीमा व्यस्त छन्। यसमा उनीसँग अभिनेत्री शरवरी पनि हुनेछिन्। उता अनीत भने मेडकको हर्स–कमेडी यूनिभर्सको फिल्म ‘शक्ति शालिनी’ मा लिड रोल गरिरहेकी छन्।