१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ

एसइई सुरक्षा: ६ तहमा सुरक्षा व्यवस्थासहित ७६ जिल्लामा पुर्याइयो प्रश्नपत्र

एसइई सुरक्षा: ६ तहमा सुरक्षा व्यवस्थासहित ७६ जिल्लामा पुर्याइयो प्रश्नपत्र
अ अ+ अ-

अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का प्रश्नपत्र पटक–पटक आउट भएपछि यस वर्ष थप सुरक्षाको व्यवस्था गरिएको छ । ६ चैतबाट सुरु हुने एसइई परीक्षाका प्रश्नपत्र ६ तहमा सुरक्षा व्यवस्था गरी जिल्लामा पठाएको छ । अहिले काठमाडौंबाहेक ७६ जिल्लामा एसइईका प्रश्नपत्र पुगेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले अघिल्लो वर्ष प्रदेश २ मा प्रश्नपत्रहरू बाहिरिएकाले थप सुरक्षा व्यवस्था गरेको बताए ।

अघिल्ला वर्षमा एउटा कपडाको थैलोमा विषयअनुसार प्लास्टिकभित्र राख्ने गरिएको थियो । यसपटक प्रत्येक विषयको प्रश्न प्लास्टिकले र्‍याप गरी लाहाछाप लगाएर फेरि कपडाको थैलोमा राखेर लाहाछाप लगाइएको छ । खकुरलेका अनुसार योपटक ६ तहमा प्रश्नपत्रको सुरक्षा व्यवस्थापन गरिएको छ । अघिल्लो वर्ष प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । लगातार प्रश्न बाहिरिएपछि बाँकी विषयको समेत परीक्षा स्थगित भएको थियो । प्रदेश २ का विद्यार्थीले प्रश्न बाहिरिएपछि पुनः प्रकाशित तालिकामा परीक्षा दिएका थिए ।

एक हजार नौ सय ९४ परीक्षा केन्द्र:यस वर्ष परीक्षा केन्द्रको संख्या वृद्धि भएको छ । अघिल्लो वर्ष देशभरमा एक हजार नौ सय ६९ परीक्षा केन्द्र कायम गरिएको थियो । यो वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम गरिएको छ । सबैभन्दा धेरै काठमाडौंमा एक सय १५ र सबैभन्दा कम मनाङ तथा मुस्ताङमा एकरएक परीक्षा केन्द्र कायम भएको छ । धेरै केन्द्र हुने जिल्लाहरूमा मोरङमा ७०, रुपन्देहीमा ५६, झापामा ५५ केन्द्र छन् । धेरै केन्द्र हुने प्रदेशमा बागमती र कम हुनेमा कर्णाली छ । बागमतीमा चार सय २१ र कर्णालीमा एक सय ७६ केन्द्र छन् ।

एसइई रजिस्ट्रेसन भरेका ३१ हजार विद्यार्थी घटे:एसइई परीक्षाका लागि रजिस्ट्रेसन भरेका ३१ हजारभन्दा बढी विद्यार्थी घटेका छन् । परीक्षा नियन्त्रक खकुरेलका अनुसार रजिस्ट्रेसन भरेका विद्यार्थी घटेपछि यस वर्ष कुल चार लाख ८२ हजार दुई सय १९ सहभागी हुने भएका छन् । कक्षा नौमा चार लाख ९७ हजार सात सय विद्यार्थीले एसइईको रजिस्ट्रेसन भरेकामा एसइईको फारम भर्ने नियमिततर्फ चार लाख ६५ हजार आठ सय ३८ छन् । ग्रेड वृद्धिका लागि १६ हजार तीन सय ८१ विद्यार्थीले फारम भरेका छन् । सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने व्यवस्था भएपछि आंशिकतर्फ विद्यार्थीको संख्या कम हुन थालेको हो ।

यस वर्षको एसइई परीक्षामा सबैभन्दा बढी काठमाडौं र कम मनाङबाट सहभागी हुँदै छन् । काठमाडौंबाट ३६ हजारभन्दा बढी र मनाङबाट जम्मा ५० विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । यस वर्षको एसइई आगामी ६ देखि १७ चैतसम्म सञ्चालन हुँदै छ । अघिल्लो वर्ष १० चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो । अघिल्लो वर्षदेखि प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र निर्माण सुरु गरिएको थियो । ०७५ मा नियमिततर्फ चार लाख पचास हजार एक सय ८६ र बाँकी आंशिक गरी कुल चार लाख ७५ हजार परीक्षार्थीले परीक्षा फारम भरेका थिए । नयाँ पत्रिका दैनिक