१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ

राजस्व नतिर्ने १२३ कम्पनीको जायजेथा जफत गर्ने चेतावनी

राजस्व नतिर्ने १२३ कम्पनीको जायजेथा जफत गर्ने चेतावनी
अ अ+ अ-

काठमाडौं । सरकारले लामो समयसम्म राजस्व रकम नबुझाउने विभिन्न पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिलाई अर्बौं रुपैयाँबराबरको रकम बुझाउन ३५ दिने अल्टिमेटम दिएको छ । सो अवधिभित्र रकम नबुझाए कम्पनीको सम्पूर्ण सम्पत्ति र जायजेथा जफत गर्ने चेतावनी सरकारले दिएको छ । महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले लामो समयदेखि अटेरी गरी बक्यौता रकम तिर्न बाँकी रहेका १ सय २३ वटा कम्पनी/फार्म तथा व्यक्तिको नामावलीसहित तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिने अल्टिमेटम दिएको हो ।

महालेखाले आगामी ३५ दिनभित्र पनि बक्यौता राजस्व रकम नबुझाए उनीहरूको जायजेथा एवं सम्पत्ति जफत गरी लिलामीको प्रक्रियामा लैजाने समेत चेतावनी दिएको छ । महालेखाका अनुसार अल्टिमेटम दिइएकाहरूमा नाम चलेका ठूला पाँचतारे होटल, रिसोर्ट, क्यासिनो, मिनी क्यासिनो, पूर्व सांसद्, ठेकेदार कम्पनीलगायत साना फार्मसमेत छन् । सबैभन्दा धेरै बक्यौता रकम राजधानीका विभिन्न होटलमा क्यासिनो सञ्चालन गर्दै आएको नेपाल रिक्रिएसन सेन्टर कम्पनीबाट बुझाउन बाँकी रहेको महालेखाले जनाएको छ ।

काठमाडौंको ताहाचलस्थित सोल्टी होटल, अन्नपूर्ण होटल, हायत रिजेन्सी र एभरेस्ट होटलमा क्यासिनो सञ्चालन गरेको नेपाल रिक्रिएसन सेन्टरले अहिलेसम्म सरकारलाई ७३ करोड ६० लाख १ हजार ४ सय ६५ रुपैयाँ बक्यौता तथा त्यसको ब्याजसमेत तिर्न बाँकी रहेको छ । सो क्यासिनोको तत्कालीन सञ्चालक राकेश बाधवा थिए । हाल उनी सम्पर्कविहीन रहेको कार्यालयले जनाएको छ । यसैगरी, पियुषबहादुर अमात्य सञ्चालक रहेको पोखरास्थित फूलबारी रिसोर्ट प्रालिले पनि सरकारलाई करिब ३४ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ । फुलबारीले ३३ करोड ९३ लाख १५ हजार ७१६ रुपैयाँ बक्यौता र त्यसको ब्याज तिर्न बाँकी छ ।

यसैगरी, राधेश्याम सर्राफ सञ्चालक रहेको काठमाडौंको याक एन्ड यति होटलले पनि सरकारलाई १६ करोड ३३ लाख रुपैयाँ बक्यौता तिरेको छैन । यसअघि धेरै पटक सरकारी राजस्व बुझाउन आग्रह गर्दा र सूचना दिँदा पनि नतिरेको भन्दै महालेखाले याक एन्ड यति होटललाई ३५ दिनभित्र १६ करोड ३३ लाख ५४ हजार ४ सय ५२ रुपैयाँ र त्यसमा लाग्ने ब्याजसमेत तिर्न ताकेता गरेको हो । होटलले आगामी ३५ दिनभित्र बक्यौता नबुझाए उसको नाममा रहेको सम्पत्ति लिलामी प्रक्रियामा लैजाने महालेखाले चेतावनी दिएको छ । त्यसैगरी, होटल अन्नपूर्णले पनि अहिलेसम्म १६ करोड ८ लाख रुपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ ।

तप्तबहादुर विष्ट सञ्चालक रहेको होटल अन्नपूर्णले सरकारलाई १६ करोड ८ लाख ३० हजार ४ सय ३७ रुपैयाँ बुझाउन बाँकी रहेको छ । त्यसबेला विष्ट अन्नपूर्ण क्यासिनोका महाप्रबन्धक थिए । दिनेशबहादुर विष्ट अध्यक्ष रहेको सोल्टी होटलले पनि सरकारलाई ८ करोड ४३ लाख ७१ हजार १ सय ४० रुपैयाँ राजस्व बुझाएको छैन । सोल्टीले विगत लामो समयदेखि सरकारी बक्यौता नतिरेको र पटकपटक ताकेता गर्दा पनि सरकारी राजस्व तिर्न नआएको भन्दै ३५ दिनभित्र सो रकम र त्यसमा नियमानुसार लाग्ने ब्याज तिर्न नआए उसको सम्पत्ति जफत गरी लिलामीमा लैजाने चेतावनी दिइएको महालेखाले जनाएको छ ।

यसैगरी, मिनी क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहले पनि सरकारलाई ७ करोड ५३ लाख ६८ हजार ४८ रुपैयाँ तिर्न बाँकी छ । ह्याप्पी आवर प्रालि नामक मिनी क्यासिनो सञ्चालन गरेका सिंहले सरकारलाई सो बक्यौता रकम तिर्न बाँकी रहेको पनि महालेखाले जनाएको छ । होटलका नाममा जारी भएको यस्तो सूचनामध्ये अधिकांश रकम होटलले भन्दा पनि होटलभित्र सञ्चालनमा आएका क्यासिनोको बाँकी बक्यौता भएको महालेखाले जनाएको छ ।

तर, अहिले कतिपय क्यासिनो तथा त्यसका सञ्चालक भागेका कारण त्यसको दायित्व होटलले बेहोर्नुपर्ने भन्दै होटलको नाममा समेत सूचना प्रकाशन गरिएको महालेखाले जनाएको छ । यसअघि धेरै प्रयास गर्दा क्यासिनोबाट बक्यौता उठाउन नसकेकाले अब क्यासिनो रहेको होटललाई क्यासिनोको दायित्वमा समेत जिम्मेवार बनाउन यस्तो ताकेता गरिएको हो । यसरी प्रकाशन गरेको सूचनामा पूर्वसांसददेखि सरकारका कर्मचारी र व्यापारिक फमर्मसमेत छन् । राजधानी दैनिक