काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । महाधिवेशन स्थल कमलादीस्थित प्रज्ञा प्रतिष्ठान बसिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गर्नुभएको एक नेताले जानकारी दिनुभयो ।
स्थायी समितिमा अध्यक्षले प्रस्ताब गरेको नामहरुमा सहमति जुटेमा महाधिवेशन प्रतिनिधिहरु समक्ष प्रस्ताव गर्ने उहाँले जानकारी दिनुभयो । पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको चयन सहमति बाट नै गर्ने भन्दै पटक पटक निर्बाचन तालीका परिवर्तनत हुदै आएको छ । यदि मतदान प्रक्रियामा गए १ हजार ७४२ जना प्रतिनिधिहरुले मताधिकार प्रयोग गर्ने छन् ।